logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कमल थापालाई कार्यकारिणी भूमिका दाबी नगर्न लिङ्देनको आग्रह


अंकुरण खबर
715
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष उम्मेदवार राजेन्द्र लिङ्देनले कमल थापालाई पनि कार्यकारिणी भूमिका दाबी नगर्न आग्रह गरेका छन्।

आज (बुधबार) पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अध्यक्ष उम्मेदवार नबन्ने भनेर अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको निर्णयको स्वागत पनि गरे।

‘तपाईंहरु काम नलाग्ने हुनुभयो, फेल हुनुभयो भनेका होइनौं। तपाईंहरुको भूमिका अझै पनि चाहिन्छ तर एकचोटि कार्यकारिणी भूमिका फेरेर हेर्नुपर्यो,’ भने।

नेतृत्वको चर्को आलोचना गर्दै उनले नेतृत्वले पार्टी एकता जोगाउन नसकेको मात्र नभएर पछिल्लो दुई वर्षमा पार्टी बेपत्ता अवस्थामा पुगेको दाबी पनि गरे।

पार्टीका नेताकार्यकर्ताले जीवन रोज्ने कि मृत्यु भनेर निर्णय गर्ने बेला आएको पनि उनले बताए।

‘पछिल्लो दुई वर्षमा पार्टी जसरी चल्यो, त्यसरी चल्ने हो भने पार्टीले बोकेको मुद्दा नै रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेको छ,’ लिङ्देनले भने, ‘यही शैलीमा अगाडि बढ्ने हो भने समाप्त हुन्छ त भन्दिन तर कसरी ३० प्रतिशत कटाउने र अरु पार्टीहरुसँग मिलेर दुईचार सिट जित्ने भन्नेमा केन्द्रित हुन्छौं ।’

पार्टीका मुद्दा जीवित राख्न पनि समान विचार राख्ने समूह, पार्टी र धार्मिक क्षेत्रलाई समेटेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।