सभामुख अग्नि सपाकोटाले त्रिभुवन अन्तगर्राट्रिय विमनस्थालमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफू संसदमा देखिएका गतिरोध अन्त्यमा केन्द्रित हुने बताएका छन्।
अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएपनि बिहीबार स्पेनबाट फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले संसदको गतिरोधसँगै सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका हुन्।
स्पेनको मड्रिडमा नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको नेपाली टिम स्पेन गएको थियो । सम्मेलनमा सभामुख सापकोटाले आइपियु सभा तथा असंलग्न आन्दोलनको सञ्जाल ९नाम० को बैठकलाई सम्बोधन गरेका थिए।
स्वदेश फर्केपछि उनले आइपियु सम्मेलनमा नेपालको सहभागिता बहुआयामिक हिसाबले महत्वपूर्ण रहेको र सम्मेलनले दूरगामी महत्वको निष्कर्ष निकालेको बताए। संविधान निर्माण, समावेशी, समानुपातिक प्रनिधित्वलगायत लोकतन्त्रका उपलब्धिलाई आफूले सविस्तार अन्तर्राष्ट्रिय समुदायको माझ राखेको उल्लेख गर्दै उनले सम्मेलनमा नेपालको प्रतिनिधित्व सही ढंगबाट भएको बताए।
सम्मेलनमा सभामुखसँगै प्रनिधिसभा सदस्य देव गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रियसभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राई, संघीय संसद्का महासचिव डा भरतराज गौतम, सचिव गोपालनाथ योगीलगायत सहभागी थिए।