राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषदको बैठकले सिफारिस गरे बमोजिम यही मंसिर २८ गते राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेकी हुन् ।आज राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ९३ को उपधारा १ बमोजिम मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेको जनाएको छ ।
राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार मात्रै रेल्वेसम्बन्धीसहित ६ अध्यादेश जारी गरेकी थिइन् ।