काठमाडौंको नयाँबजारस्थित ब्ल्यांकेट गोदाममा भीषण आगलागी भएको छ।
आगलागी भएको खबर पाएसँगै काठमाडौं, भक्तपुर, ललितपुर महानगर तथा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ६ वटा दमकल पुगेर आगो निभाइरहेको बताइएको छ।
२ बजेर १० मिनेट जाँदा आगो लाग्न सुरु भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ।
आगलागीका कारण कति क्षति भयो भन्ने अहिलेसम्म नखुलेको प्रहरीको भनाइ छ।