भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ ।
दिल्लीमा आइतबार एक जनामा ओमिक्रोन संक्रमण देखिएको भारतीय संचारमाध्यमले जनाएका छन् । त्यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले दिल्लीमा ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएको पुष्टि गरेका छन् ।
अफ्रिकी मुलुक तान्जानीयाबाट आएका व्यक्तिमा ओमिक्रोनका संक्रमण देखिएको हो ।
स्वास्थ्यमन्त्री जैनका अनुसार विदेशबाट आएका १२ जनाको नमूना परीक्षणका लागि पठाइएको थियो। जसमध्ये एक जनामा ओमिक्रोन भाइरसको संक्रमण देखिएको हो।