logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि, ४३६ जना डिस्चार्ज


अंकुरण खबर
572
Shares

पछिल्लो २४ घण्टामा देशभर थप २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०० र एन्टिजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप ४३६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ८ लाख ४ हजार ५४४ जना सङ्क्रमणमुक्त भइसकेका छन् । यो नेपालमा निको हुनेको दर ९७.८ प्रतिशत रहेको छ। हाल देशभर ६ हजार ५०७ जना सक्रिय संक्रमित रहेका छन् ।

आज कोरोना संक्रमणबट एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर ११ हजार ५४१ जनाले ज्यान गुमाइसकेका छन् ।

स्वस्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ९३० जनाले कोरोना कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै हालसम्म १ करोड ९० लाख ५० हजार ८३४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

यसमध्ये ८६ लाख ९७ हजार ९८९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख ५२ हजार ८४५ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।