logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा जीपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु


अंकुरण खबर
819
Shares

कञ्चनपुरमा भारतीय नम्बरको जीपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत पर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकमा भारतीय नम्बरको जीपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

आज विहान करिब सात बजे कञ्चनपुरको बाणी देखी झलारी तर्फ आइरहेको डीएल १ जेडसी ४७४० नम्बरको जीपले ७० वर्षीय तारा नाथ लाई सडक क्रस गर्ने क्रममा ठक्कर दिएको र उनको मृत्यु भएको थियो ।

ठक्कर दिने जीप र चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले बताए ।

दुर्घटना भएको स्थानमा पीडितका आफन्त र स्थानीयले चालकलाई कारबाहीको माग राख्दै पूर्व–पश्चिम राजमार्गमा शव राखेर सडक अवरुद्ध गरेको पनि उनले बताए ।