logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनीको कांग्रेस सभापतिमा पौडेल समूहका अमरसिंह पुन मगर विजयी


अंकुरण खबर
2.418K
Shares

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुन विजयी भएका छन् ।

सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् ।

सभापतिमा विजयी पुनले ८५२ मत पाउँदा शाहले ७६७ मत पाएका छन् ।

प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि पुन प्यानलकै निर्वाचित भएका छन् ।