logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कर्णालीमा सुरु भएको एमबीबीएस पढाइ उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला जाने


अंकुरण खबर
1.56K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी कर्णालीमा सुरु भएको एमबीबीएस पढाइ उद्घाटन गर्न जुम्ला जाने भएकी छिन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेको एमबीबीएस लगायतका कार्यक्रमको उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला जान लागेकी हुन् ।

उनी मंसिर २६ गते जुम्ला जाने कार्यक्रम रहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेको छ । राष्ट्रपतिबाट उद्घाटन भएपछि नियमित पढाइ सुरु हुने प्रतिष्ठानले जनाएको छ ।