logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?


अंकुरण खबर
2.249K
Shares

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

सोमबार राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा र बिक्री दर १२० रुपैयाँ ५७ पैसा कायम गरेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १३५ रुपैयाँ ७५ पैसा र बिक्री दर १३६ रुपैयाँ ४२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ७५ पैसा र बिक्री दर १५९ रुपैयाँ ५४ पैसा कायम छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ र बिक्री दर ८४ रुपैयाँ ४२ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको छ ।