logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

मासिक २७ हजार किस्ता तिरेमा चढन पाइने भयो अटोमेटिक एययूभी कार


अंकुरण खबर
1.118K
Shares

रेनोको आधिकारीक विक्रेता एड्भान्स अटोमोवाइलले एसयूभी सब फोर मिटर एसयूभी काइगरको इन्ट्री भेरियन्ट आरएक्सएल नेपाली बजारमा ल्याएको छ ।

मासिक २७ हजार किस्ता तिरेमा चढन पाइने उक्त कार नेपाली बजारमा हालसम्म उपलब्ध अटोमेटीक कारहरुमध्ये सबैभन्दा कम मूल्यको एसयूभी हो ।यो कार खरितका लागि ग्राहकले डाउन पेमेन्ट वापतको ५० प्रतिशत रकम पहिल्यै तिर्नु पर्ने हुन्छ र बाँकी रहेको करिब १६ लाख ४९ हजार ५०० रुपैयाँ ७ वर्ष भित्र तिर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

छुटपछि मासिक २७ हजार ३९० रुपैयाँ किस्ता तिर्नेगरी गाडी बिक्रीका लागि उपलब्ध हुने एड्भान्स अटोमोवाइलले जनाएको छ ।

कारमा २५०० एमएमको ह्वीलवेस, ४० लिटर क्षमताको इन्धन ट्याङ्की, ४०५ लिटरको बुट स्पेश २०५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ ।

सानो ९९९ सीसी क्षमताको इन्जिन रहेको इन्जिन भएको काइगर उत्कृष्ट माइलेज दिने कार हो । जसले अधिकतम ७१ पीएस पावर प्रदान गर्ने उक्त ईन्जिनको कारले प्रतिलिटर १९ किलोमिटर माइलेज प्रदान गर्छ ।

उत्कृष्ट डिजाइनमा बनेको काइगरमा सुरक्षाको लागि दुई एयरव्याग, एबीएस, इबीडी, सेन्ट्रल लकिङ, पावर विन्डो, पावर डोर लक, चाइल्ड सेफ्टी लक, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ ।काइगरको लम्बाई ३९९१ एमएम, चौडाई १७५० एमएम र उचाई १६०५ एमएम रहेको कम्पनीले जनाएको छ ।