logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

वडा सदस्य पार्की भेटिए मृत अवस्थामा


अंकुरण खबर
1.105K
Shares

बैतडी, जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा भेटिएका छन् ।

पार्कीको शव पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य पार्कीको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।