logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई दिने अभिमुखिकरण तालिम सम्पन्न


अंकुरण खबर
1.703K
Shares

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा विश्वास नेपालले काठमाणडौमा दुई दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।

तालिमको अन्तिम दिन मंङ्गलबार काठमाण्डौंमा गरिएको कार्यक्रममा मनोरञ्जन तथा सत्कारको क्षेत्रमा रोजगारी गर्दा हिंसामा परेका महिला तथा किशोरीको उद्धार, हिंसा हुन सक्ने तर्फ सचेत गराउने तथा हिंसामा परेकालाई मनोसामाजिक सुरक्षाको अनुभूति सहित सम्झाउन सक्ने क्षमताका लागि विश्वास नेपालले अभिमुखीकरण तालिम दिएको संस्थाका अध्यक्ष तारा भण्डारीले जानकारी दिइन ।

प्रशिक्षक ओमराज अभिरामले अभिमुखीकरण तालिममा सहभागीहरूलाई न्याय, स्वास्थ्य सेवामा पहुँच, सुरक्षा, गोपनियता र तथ्याङ्क सङ्कलनका बारेमा जानकारी दिएका थिए ।

अभिमुखिकरण तालिममा स्थानिय जनप्रतिनिधी सहित विश्वास नेपालका कर्मचारीले हिंसामा परेका महिलालाई आकस्मिक सेवा दिन समुहगत छलफल सहित सिकाइएको थियो ।