logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेरि रोकियो बुटवल सडकको निर्माण कार्य


अंकुरण खबर
780
Shares

बुटवलमा निर्माण व्यवसायीले ६ लेन सडक निर्माणको जिम्मा लिएकोमा अटेर गरी समयमा सम्पन्न नगर्दा बुटवल सडकको निर्माण कार्य रोकिएको छ ।

समयमा नै सडक निर्मामाण हुनु पर्ने धनेर स्थानीय नागरिकहरुले पटक पटक दबाब दिएको भएता पनि बुटवलको ६ लेन सडक निर्माणमा भने निर्माण कम्पनीले चासो दिएको छैन।

२०७४ साल चैत ३० गते सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम सुरू नगर्दै ०७४ साल र ०७७ सालमा दुईपटक गरी मोबिलाइजेसन भन्दै ८ करोड २६ लाख रुपैयाँ खर्च भैसकेको छ। बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत राजमार्ग चौराहदेखि गोलपार्क सम्मको सडकको निर्माणको जिम्मा लिएको द कञ्चनजंगा बिरूवा जेभी काठमाडौंले सडक निर्माणप्रति वेवास्ता गर्दै आएको छ।

कुल ४७ करोड २७ लाख ८ हजार २ सय ८७ रुपैयाँ लागतमा निर्माणको सम्झौता गरेको ठेकेदार कम्पनीले १८ प्रतिशत बढी रकम लगिसकेको तर राजमार्ग चौराह देखि बसपार्क सम्म नाली खन्ने काम गरे पनि देखिने गरी काम गर्न सकेको छैन।

डिभिजन सडक कार्यालयका प्रमुख जयलाल मरासिनीले पटकरपटक सडक निर्माणको लागि जिल्ला प्रशासन कार्यालयले समेत सडक निर्माणमा ढिलाइ नगर्न दबाब दिएकोतर पनि निर्माण कम्पनीले अटेर गर्दै आएको बताए। निर्माण कम्पनीले आयोजनाबाट रकम लगिसकेको भए पनि पेटी ठेकेदार, कामदार र सप्लायर्सहरूलाई भने रकम नदिएपछि निर्माण सामग्रीको आपूर्ति र काम रोकिएको छ।

रकम नपाएका कामदार र सप्लायर्सहरूले सडक निर्माणमा प्रयोग गरिएका मेसिनका पार्टपुर्जा र निर्माण सामग्री समेत लैजाने अवस्था आएको बताएका छन्। पाँच वर्षअघि ठेक्का सम्झौता गरिएको सडकको तेस्रो पटक थप गरिएको सम्झौता मिति आगामी असार मसान्तसम्म मात्रै रहेको छ।

गृह मन्त्री बालकृष्ण खाण र पूर्वअर्थमन्त्री विष्णु पौडेलको आडमा निर्माण कम्पनीले मन्त्रालयका अधिकारीहरूलाई वेवास्ता गरेपछि फाइल अगाडि नबढाएको बुझिएको छ।
बुटवल तर्फको सडकसँगै ठेक्का सम्झौता गरिएको भैरहवातर्फ बेलहियादेखि बाइपाससम्मको ७ सय ५० मिटर सडकको निर्माण पनि अलपत्र छ।

निर्माण व्यवसायी सुमित श्रेष्ठकै स्वामित्वमा रहेको बिरूवा कन्स्ट्रक्सन प्रालिले १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त खण्डमा सुरूदेखि नै कुनै अवरोध नभए पनि अहिलेसम्म निर्माण पूरा हुन सकेको छैन । २०७२ साल माघ महिनामा ४१ करोडको ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको थियो। ३० महिनामा निर्माण पूरा गर्नुपर्ने सम्झौता गरिए पनि सो खण्डको सर्भिस लेन अझै पनि अधुरै छ। सम्झौता गर्दा ३० महिनामा निर्माण पूरा गर्नुपर्ने भनिए पनि निर्माण कम्पनीले विभिन्न बहानामा काबु बाहिरको परिस्थिति भन्दै सम्झौता अवधि थप गर्दै आएको छ।