logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काँग्रेस महाधिवेशनको आचारसंहिता जारी,मतदानस्थलमा मोबाइल निषेध


अंकुरण खबर
949
Shares

नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि आचारसंहिता जारी गरेको छ ।

काँग्रेसले बुधबार ६ बुँदे आचारसंहिता जारी गरेको हो । काँग्रेस निर्वाचन समितिले उम्मेदवार रहने केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरूको लागि आचारसंहिता लागू गरेको छ ।

आचारसंहितामा उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील विवरणमा गर्न सकिने जनाएको छ । तर कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचार प्रसार गर्न रोक लगाइएको छ ।

त्यस्तै भृकुटीमण्डपस्थित महाधिवेशनस्थल अरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री राख्न मनाही गरिएको छ भने मतदानस्थलभित्र प्रवेश गर्न प्रतिनिधिलाई मोबाइल निषेध गरिएको छ ।

काँग्रेसको निर्वाचन कार्यक्रम मंसिर २४ गते बिहान १० बजेदेखि सुरु हुनेछ ।