logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

पदाधिकारीको संख्या थप्ने कांग्रेसको तयारी 


अंकुरण खबर
845
Shares

नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी भइरहेको छ ।

शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेताहरुको व्यवस्थापनमा समस्या भए पनि कांग्रेसले पदाधिकारीको संख्या थप्ने तयारी गरेको हो ।

१३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यको बिहीबार अन्तिम बैठक बस्दै छ । सोही बैठकमा पदाधिकारी संख्या थप गर्ने प्रस्ताव लैजाने तयारी भइरहेको छ ।

जस  कारण बिहीबार बिहान साढे ११ बजे बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । नेताहरू बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुग्ने क्रम सुरु भएको छ ।