logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभापतिबाट पछि हट्दिन,उम्मेदवारी दर्ता गर्छु : प्रकाशमान सिंह


अंकुरण खबर
975
Shares

नेपाली कांग्रेस संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताएका छन् ।

चाक्सीबारीस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दैं नेता सिंहले फिर्ता हुनका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताए ।

उनले महाधिवेशन कार्यतालिका अनुसार आफूले उम्मेदवारी दर्ता गर्ने बताउँदै महाधिवेशनका प्रतिनिधिले बाँकी कुरा तय गर्ने बताए ।

नेताहरुले छलफल गरौं भनेको र आफूले न्याय पाउनुपर्छ भनेको उनले बताए ।

उनले आफू ब्याक हुनुपर्ने कुनै कारण नभएको बताए । यसअघिको महाधिवेशनमा आफू ब्याक भएको उनको भनाइ थियो।

‘१३ औं महाधिवेशनमा म ब्याक भएको हो नि सभापति र महामन्त्रीबाट’उनले भने ।