logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य ह्वात्तै बढ्यो


अंकुरण खबर
1.482K
Shares

काठमाडौं – नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एकै दिन ११ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । सुन शुक्रबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ४० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला आठ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।