logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा सुदूरपश्चिम साइकल यात्रा हुने


अंकुरण खबर
1.495K
Shares

पर्यटन प्रवर्द्धनका लागि पौष ३ गते देखि कैलालीको धनगढीमा सुदूरपश्चिम पर्यटन साइकल यात्रा हुने भएको छ ।

साइकल यात्रामा नेपाल र भारतबाट करिब १५० जना भन्दा बढीको सहभागी रहने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भोजराज पाठकले उद्योग वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले आयाजना गरेको पत्रकार सम्मेलनमा जानकारी गरेका हुन ।

षुस ३ गते बाट सुरु हुने साइकल यात्रा ५ गते सम्म जारी रहने र उक्त भारतको उत्तर प्रदेश उत्तराखण्ड र पटनाबाट साइकल यात्रीहरू धनगढी आउने छन । यात्रामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट साइकल यात्रीहरू र नेपालको काठमाडौँ, पोखरा, नेपालगन्ज दाङबाट पनि एक सय जना भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

साइकल यात्रालाई दुई भागमा विभाजन गरिएको छ पहिलो चरणमा स्थानीयहरू पनि सहभागी हुन सक्नुहुन्छ’ पाठकले भने, ‘देशभित्र र बाहिर बाट आउनु भएका यात्रीहरू तीन दिन सम्म जारी अभियानमा सहभागी हुनुहुने छ ।’

गोदावरी र दोस्रो चरणमा धनगढी जोरायल सम्मको यात्रा तय गरिएको छ । दोस्रो चरणको लागि नेपाल भित्र र बाहिरबाट करिब एक सय बढी सहभागी हुने अपेक्षा गरिएको छ ।
फारवेस्टर्न राइडस्का अध्यक्ष भरतविक्रम शाहले पहिलो पटक नेपाल र भारतबाट ठुलो संख्यमा साइकल यात्री ल्याएर कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।