logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सामान्यतया मौसम सफा रहने, हिमाली तथा उच्च पहाडी भेगमा हिमपात र चिसो बढ्ने क्रम जारी


अंकुरण खबर
481
Shares

शनिबार देशभर सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा सामान्य बदली  रही हल्का हिमपात हुने महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

केही दिनदेखि काठमाडौं  उपत्यकालगायत देशका अधिकांश भाग चिसो बढ्ने क्रम जारी रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध पनि गरेको छ ।