logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अनशनरत डा. केसीको समर्थनमा प्रदर्शन, प्रहरी हस्तक्षेपमा केहि विद्यार्थी घाइते


अंकुरण खबर
793
Shares

काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा डडेल्धुरामा विद्यार्थीहरुले गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपमा केहि विद्यार्थीहरु घाइते भएका छन् ।

डा. केसी डडेलधुराको एक नीजि घरमा कार्तिक १८ गतेदेखि आमरण अनशनमा छन् । केसीको सर्मथनमा उद्योग वाणिज्य संघ डडेलधुराले आज बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाएको थियो ।

डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहेका डा. केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम हुँदै आएका छन् ।