logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभापतिको दौडबाट बाहिरिएका रामचन्द्र पौडेलले औँल्याए कांग्रेसका पाँच कमजोरी


अंकुरण खबर
442
Shares

सभापतिको दौडबाट पछि हटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्र कमजोरीहरु औँल्याउँदै औपचारिक रुपमा सक्रिय राजनीतिबाट बिदा मागेका छन् ।

आफ्नै समूहभित्रका प्रत्यासीहरुलाई मिलाउन नसकेपछि आफू सभापतिको दौडबाट बाहिरिएका पौडेलले राष्ट्रिय राजनीतिमा आफुने भूमिका रहने बताउँदै पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने प्रतिबद्धता जनाए ।

जारी गरेको विज्ञप्तिमा कांग्रेसका गल्तीलाई यसरी औँल्याएका छन् ।

१. मैले बुझ्दै आएको कांग्रेसमा विचलन आएको छ ।

२. पार्टी सत्ताको भर्‍याङमा सीमित भयो ।

३. संस्थापक नेताहरुको आदर्श र मूल्यलाई निरर्थक बनाइयो ।

४. संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ ।

५. १४औँ महाधिवेशनसम्म आइपुग्दा अनेक प्रपञ्च भोगेको छु ।