logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डा. केसीको स्वास्थ्य अवस्था गम्भिर, थप उपचारका लागि धनगढी लैजाने तयारी


अंकुरण खबर
1.274K
Shares

सरकारले डाक्टर गोविन्द केसीलाई थप उपचारका लागि प्रदेशिक अस्पताल धनगढी लैजाने तयारी गरेको छ । आठ दिनदेखि १७ औं अनशन बसेका केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई प्रादेशिक अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको हो ।

केसीलाई धनगढी लैजानका लागि अस्पतालमा सुरक्षाकर्मी र सवारी साधन तयारी अवस्थामा राखिएको छ । तर केसीले भने धनगढी जान अस्वीकार गरेका छन् ।

केसीको समर्थकहरुले भने उनको उपचार डडेल्धुरामै गर्न माग गर्दै आएका छन् । हिजो डडेल्धुरा अस्पतालले विज्ञप्ती निकालेर केसीको थप उपचारका लागि आफुसँग प्राविधिक र उपकरण नभएको जनाएको थियो ।

डा. केसीको व्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको,रगतमा अक्सिजनको मात्रा घटेको,मृगौलामा समस्या देखिएको अस्पतालले जनाएको छ ।

केसीको समर्थनमा आजदेखि डडेल्धुरामा सरकारी गाडीहरू अनिश्चतकालीन बन्द गरिने भएको छ । सदरमुकामको बसपार्कदेखि तुफानडाँडासम्म टाउकोमा कालोपट्टि बाँधेर संघर्षलाई निरन्तरता दिइने नागरिक आन्दोलन संघर्ष समितिले जनाएको छ ।