logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशनः यी हुन् कर्णालीबाट उम्मेदवारी दिने पदाधिकारी तथा केन्द्रीय सदस्य


अंकुरण खबर
845
Shares

कांग्रेसको १४ औं महाधिवेशनमा कर्णाली प्रदेशबाट १५ जनाले पदाधिकारी तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट उपसभापतिमा पूर्णबहादुर खड्का र दुर्गम तथा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, खुला केन्द्रीय सदस्यमा हर्षबहादुर बम र हस्तबहादुर मल्ल उम्मेदवारी दिएका छन् । महिला खुला केन्द्रीय सदस्यमा रंगमति शाहीले उम्मेदवारी दिएकी छन् ।

कर्णाली प्रदेशबाट नारायणप्रसाद भट्टराई, हृदयराम थानी, राजीवविक्रम शाह, दिनबन्धु श्रेष्ठ र कर्णबहादुर बुढा उम्मेदवारी दिएका छन् । कर्णाली प्रदेशबाट महिला केन्द्रीय सदस्यमा जानकी सिंह र मैना कार्की रावलले उम्मेदवारी दिएकी छन् ।

खस आर्य महिला केन्द्रीय सदस्यमा भावना शाही र कान्तिका सेजुवाल उम्मदवारी दिएकी छन् । खुला पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा दीपकजंग शाहीले उम्मेदवारी दिएका छन् ।