डिजिटल वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल आइएमई बैंकले दिक्तेलबजारमा वित्तीय साक्षरतारडिजिटल बैंकिङ सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।
ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्नेरगराउने लक्ष्यका साथ बैंकले आइतबार जिल्ला समन्वय समितिको सभाहलमा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम गरेको हो ।
डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहन गर्दै सेवाग्राहीलाई सरल र सहज तरिकाले बैंकिङ कारोबार गर्न अभ्यस्त बलाउने लक्ष्यका साथ डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको ग्लोबल आइएमई बैंकका प्रदेश नम्बर १ का प्रमुख सुवास सापकोटाले बताए ।
कार्यक्रममा सहभागीलाई मोबाइल सेटबाटै डिजिटल बैंकिङको प्रयोग, डिजिटल बैंकिङ सेवा लिने विधि, फाइदा तथा यसको सुरक्षाका बारेमा जानकारी दिइएको छ ।
डिजिटल वित्तीय चेतना तथा पहुँचलाई स्थानीय स्तरसम्म पुर्याएर घरैमा बसी–बसी बैंकिङ कारोबार गर्ने वातावरण बनाउनका लागि वित्तीय साक्षरतारडिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम गरिएको ग्लोबल आइएमई बैंकका डिजिटल बैंकिङ डिपार्टमेन्टका अफिसर विजय सापकोटाले बताए ।
कार्यक्रममा सो बैंकका मार्केटिङ डिपार्टमेन्टका रिलेसनसीप अफिसर दीप्ति ढुंगेलले डिजिटल बैंकिङ अनिवार्य रूपमा लागू हुँदै गएकाले यसको प्रयोग गर्ने विधिका बारेमा सबैले जानकारी राख्नुपर्ने समय आएको बताएकी छन् ।