logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङमा भूकम्पको धक्का महसुस


अंकुरण खबर
1.274K
Shares

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै हो । भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मर्स्याङदी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।