logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्रकार माथि अपमान गरेको भन्दै कांग्रेस महाधिवेशनमा पत्रकारले गरे क्यामेरा डाउन


अंकुरण खबर
910
Shares

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मीले अवरोध गरेपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका हुन् ।

देउवा आएसँगै फोटो खिच्ने क्रममा पत्रकार र सुरक्षाकर्मीबीच तनाव सृजना भएको छ । फोटो पत्रकारहरुले क्यामेरालाई सडकमा राखेर विरोध जनाएका छन् ।

कांग्रेसको १३४ आगामी केन्द्रीय कार्यसमिति सदस्यका लागि अहिले मतदान भइरहेको छ । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लवमा मतदान केन्द्र राखिएको छ ।