logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

प्रम ओलीलाई मोदीको यस्तो प्रस्ताव


अंकुरण खबर
2.782K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा उपचार गराउन भारती प्रधानमन्त्री मोदीले प्रस्ताव गरेको बुझिएको छ ।

ओलीको स्वास्थ्य अवस्थाका बारेमा छिमेकी देशका नेताहरुलेसमेत चासो दिँदै आएका छन् । मोदीले यसअघि प्रधानमन्त्री ओलीलाई विदेशमन्त्री एस जयशंकरमार्फत उपचारका लागि दिल्ली आउन प्रस्ताव गरेका हुन् ।

भारतको विदेशमन्त्री नियुक्त भएपछि जयशंकर तीन महिनाअघि नेपाल आएका थिए । प्रधानमन्त्री ओलीले १२ वर्षअघि दिल्लीको एपोलो हस्पिटलमा मृर्गौला प्रत्यारोपण गरेका थिए ।

तर, चार वर्षअघि संविधान जारी गरिएका बेला दिल्लीको चासोलाई अस्वीकार गरेपछि दिल्लीसंग सम्बन्ध विग्रिदा ओली फलोअपको लागि भारत गएका छैनन् । ओली दिल्लीमा जानुभन्दा पनि सिंगापुरलगायतका अन्य देश गइरहेका छन् ।