logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सकियो मतपत्र, रोकियो मतदान


अंकुरण खबर
975
Shares

काठमाण्डौंको भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा आज भएको नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदानमा मतपत्र सकिए पछि मतदान कार्य रोएिको छ ।

राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतपत्र सकिए पछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदानमा साढे ३ बजे सम्म १ हजार ४५० मत खसेको र अझै चार हजार ७४३ जनाले मतदान गर्न बाँकी रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

मतादनका लागि केन्द्रतर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई मपपत्र सकिएर मदान कार्य रोकिए पछि मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् ।