logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबार कोरोनाबाट ३ जनाको मृत्यु


अंकुरण खबर
520
Shares

पछिल्लो चरणमा कोराना भाइरस संक्रमण बढ्दो छ ।

जसको कारण आज ३ जनाको मृत्यु भएको र १२६ जना आइसीयुमा उपचारत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार २३६ नमूनाको परीक्षण गरिएको मा पछिल्लो २४ घन्टामा थप ३४१ जनामा कोरोना भाइरस संक्रमण भएको, १० हजार ४१६ नमूनाको पीसीआर र २८ सय २० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरेकोमा ३१३ जनाको पीसीआर र २८ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ।

मन्त्रालयका अनुसार थप ३७६ जना डिस्चार्ज भएका छन् भने निको हुनेको संख्या ८ लाख ७ हजार १५४ पुगेको छ। हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ रहेको छ।

२४ घन्टामा १ लाख ८७ हजार ६६४ जनाले कोरोना विरुद्धको खोप लगाई सकेका छन् भने देश भरी अहिले सम्म १२६ जना आइसीयुमा र ३३ जना भेन्टिलेटरमा उपचारत छन् र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।