logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महुली लघु्वित्त वित्तीय संस्थाले २४ पुसमा बोलायो साधारणसभा, २६ प्रतिशत बोनस पारित गर्ने एजेण्डा


अंकुरण खबर
637
Shares

महुली लघुवित्त वित्तीय संस्थाले लाभांश प्रताव पारित गर्न २४ पुसमा नौऔँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय अग्निसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २६ प्रतिशत बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल हुनेछ ।

कुनै वित्तीय संस्थाहरू गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने तथा प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतको एजेन्डा छ ।

साधारणसभा प्रयोजनार्थ संस्थाल १२ पुसमा बुक क्लोज गर्दै छ । यसअनुसार ११ पुससम्म नेप्सेमा कायम भई कारोबार गरेका सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।