logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदान शुरू भयो


अंकुरण खबर
689
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौंको राष्ट्रिय सभागृह स्थित मतदान केन्द्रमा सभापतिका लागि दोस्रो चरणको मतदान शुरू भएको छ ।

दोस्रो चरणको मतदनमा सभापतिका उम्मेदवार रहेका शेरबहादुर देउवा र डा. शेखर कोइरालाले सभागृह स्थित मतदान केन्द्रमा आ – आफ्नो टीमसँग मत मागि रहेका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ४७४३ मतदाता भएकोमा पहिलो चरणमा ४६७९ जनाले मतदान गरेका थिए भने पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याए पछि फेरि दोस्रो चरणको मतदन शुरु भएको चुनाव भएको हो ।