logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदानमा साँझ ५ बजेसम्म करिब १३ सय मत खस्यो


अंकुरण खबर
806
Shares

नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको लागि भृकुटीमण्डपमा भइरहेको दोस्रो चरणको निर्वाचनमा साँझ ५ बजेसम्म करिब १३ सय मत खसेको निर्वाचन समितिले जनाएको छ ।

सोमबार भएको मतदानमा सभापतिका ५ जना उम्मेदवार मध्ये कसैले पनि विजयी हुन आवश्यक पर्ने ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसके पछि मंगलबार पुनः निर्वाचन गरिएको हो ।

अहिले सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवार बीच प्रतिस्पर्धा भएको छ । सबैभन्दा बढीमत ल्याउने शेरबहादुर देउवा र डा.शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका छन् भने प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणको मतदान पछि प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

मंगलबार मतदान सकिए लगत्तै सभापतिको मतगणना हुने छ भने अन्य पदका लागि भएको मतदानको गणना गरिने छ । १३४ सिट मध्ये २ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । १३२ सिटका लागि भएको मतदानको गणना हुन बाँकी रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।