logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा


अंकुरण खबर
793
Shares

भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापा मारेको छ । पालिकाको खरिद र भुक्तानीमा अनियमितता गरेको आरोप अख्तियारमा परेको थियो । सोही अनुरुप नगरपालिकामा टोलीले छापा मारेको हो ।

टोली बिहान ११ बजे नै नगरपालिकामा पुगेको र दिउँसो साढे ४ बजे निस्केको थियो । करिब ५ घण्टाको बसाईमा नगरपालिकाको शाखागत रुपमा कागजातहरू अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार पाँच लाखभन्दा बढीको खरिद र भुक्तानीमा अनियमितता भएकोले छापा मारिएको हो । सो विषयमा थप अनुसन्धान गर्न बाँकी रहेको उनले जनाए ।

टोली भोली पनि पुनः नगरपालिकामा कागजात अध्ययनको लागि आउने छ । यससँगै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पनि टोलीले छापा मारेको अख्तियारका प्रवक्ता रिसालले बताए ।