logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुन उमेर समुहका मानिसलाई कति निन्द्रा आवश्यक जानीराखौ


अंकुरण खबर
3.341K
Shares

स्वस्थ रहनको लागि निन्द्रा अति आवश्यक कुरा हो । उमेर र आवश्यक्ता अनुसार निन्द्रा पुग्दैन त स्वास्थ्यमा विभिन्न समस्या देखिन थाल्छ । तर, यसको लागि कुनै सामान्य नियम भने छैन ।

साना बच्चाहरूलाई शारीरिक विकासका लागि दिनमा १२ देखि १५ घण्टा निन्द्रा आवश्यक हुन्छ। सात वर्षदेखि १३ वर्षसम्मका भन्दा ठूला बच्चाहरूका लागि ९ देखि ११ घण्टा सुत्न आवश्यक छ।

यसैगरी १४ देखि १९ वर्षका किशोरहरूलाई ८ देखि १० घण्टा निदाउन राम्रो हुने चिकित्सकहरू बताउँछन्।

वयस्क मानिसहरूका लागि ६ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ। ६ घण्टाभन्दा कम सुत्नाले स्वास्थ्यमा नराम्रो असर गर्छ।

त्यस्तै ६० वर्ष भन्दा धेरै उमेरका मानिसका लागि सामान्य भन्दा बढी सुत्न आवश्यक हुन्छ।

थकान वा मानसिक तनाव टाढा गर्न १० देखि १२ घण्टा निदाउन सकिन्छ ।