logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भन्छ दुई करोड १० लाख कोभिड खोप लगाइयो


अंकुरण खबर
676
Shares

कोरोना संक्रमण बढे सँगसंगै नेपालमा अहिले सम्म कोभिड –१९ विरुद्ध २ करोड ९ लाख ९५ हजार ५३६ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

नेपालमा  अहिले सम्म ३ करोड १४ लाख १९ हजार ३३० मात्रा खोप ल्याइएकोमा कुल जनसंख्याको ३८.३ प्रतिशतले एक मात्रा र ३०.८ प्रतिशतलाई दुई मात्रा खोप लगाइएको छ भने लक्षित समूहको ५८.४ प्रतिशतले एक मात्रा र ४७ प्रतिशतले दुई मात्रा खोप लगाएका छन्।

मन्त्रालयका अनुसार बुधबार सम्म  मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र बाजुरामा हाल कोरोनाका संक्रमित भेटिएका छैनन्  भने  सुनसरी, भक्तपुर, कास्की, बाँके, कैलालीमा २ सयभन्दा बढी सक्रिय सङ्क्रमितहरु भेटिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ र ललितपुरमा  ५ सय भन्दा बढी संख्यामा सक्रिय सक्रमित रहेको छ भने नेपालमा संक्रमण मुक्त हुनेको दर ९७.९ प्रतिशत छ। हाल नेपालमा ११ हजार ५५९ जना कोरोना संक्रमित छन् भने ५ हजार ६८९ जना सक्रिय संक्रमित भएको मन्त्रालयको तथ्याँकमा छ ।