तारागाउँ रिजेन्सीको नोक्सानी ३ करोड बढीले घटेको र आम्दानी रू २.४१ ऋणात्मक रहेको तारागाउँ रिजेन्सी होटल लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरिएको छ ।
वित्तीय विवरण अनुसार गत आवमा रू. ७ करोड ८९ लाख ८१ हजार नोक्सानी व्यहोरेको कम्पनीले चालू आवमा घटेर रू. ४ करोड ५५ लाख ४१ हजार रहेको जनाइएको छ ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू। ५ करोड ३५ लाख ११ हजार पुगेको छ भने कम्पनीको चुक्तापूँजी रू १ अर्ब ८८ करोड ६६ लाख रहेको कम्पनीले जगेडामा रू १९ करोड ८० लाख ३० हजार सञ्चित गरेको छ । कम्पनीले जगेडा कोषमा गत आवको पहिलो त्रैमासमा रू ३८ करोड ४४ लाख ३३ हजार सञ्चित गरेको पनि उक्त विवरणमा उल्लेख गरिएको छ । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २.४१ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ११३.६४ रहेको पनि जानकारी गराइएको छ ।