logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डढेलो निभाउन खोज्दा एक जनाको मृत्यु


अंकुरण खबर
689
Shares

जंगलमा लागेको डढेलो निभाउन खोज्दा लडेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

हुरिकोटमा डढेलो निभाउदै गर्दा लडेर गम्भीर घाइते डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरिकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई हेलिकोप्टरमार्फत नेपालगन्ज पुर्‍याइए पनि बुधबार राति मृत्यु भएको हो ।

जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको स्थानीय टेकबहादुर शाहीले बताए ।