तापक्रम घटेसँगै देशभर नै चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित देशका धेरै ठाउँको तापक्रम एकदेखि साढे २ डिग्री सेल्सियससम्म घटेको छ ।
हिजो ४ दशमलव ३ डिग्री सेलिस्यस मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान झण्डै १ डिग्रीले घटेको छ ।
काठमाडौंको आज बिहानको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज जुम्लाको तापक्रम २ डिग्रीले घटेको छ । अस्ति माइनस ४ डिग्री सेल्सियस मापन गरिएकोमा हिजो बिहानको तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै भैरहवाको न्यूनतम तापक्रम साढे २ डिग्री सेल्सियसले घटेको छ ।
यसैबीच चिसो अझै बढ्ने भएकाले बच्ने उपाय अपनाउन मौसमविदले आग्रह गरेका छन् ।