logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य 


अंकुरण खबर
637
Shares

बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७९ हजार सात सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तेजाबी सुन प्रति १० ग्राम ७९ हजार तीन सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ३५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।