logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मत गनिनसक्दै कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी


अंकुरण खबर
2.6K
Shares

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

मत गनिनसक्दै थापा र शर्मा महामन्त्री विजयी भएका हुन् । महाधिवेशनमा ४६ सय ७९ मत खसेको थियो । अहिले सम्म ४३ सय ९० मत गनिसकिएको छ । अब साढे दुई सय मत गन्न बाँकी छ ।

थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए ।

सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका डा.प्रकाशशरण महत र प्रदीप पौडेल दुवै पराजित भएका छन् । कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका डा.मिनेन्द्र रिजाल पनि पराजित बनेका छन् । उनी मत परिणामका आधारमा चौथो स्थानमा छन् ।

विमलेन्द्र निधिको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका डा.राजाराम कार्कीले सय मत कटाएका छन् ।