logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा ट्रकको ठक्करबाट महिलाको मृत्यु


अंकुरण खबर
520
Shares

झापाको कन्काई नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कन्काई नगरपालिका–८ की ३८ वर्षीया राधिका सेढाईं रहेकी छिन् । बुधबार मध्याराति पौने १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । तर, उपचारका लागि बिर्तामोड स्थित अस्पताल पुर्‍याइ एलगत्तै  उनको मृत्यु भएको हो ।

ट्रक र ट्रक चालक सर्लाहीको बाग्मती नगरपालिका–४ का २९ वर्षीय उत्तम वाईबालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।