नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सह महामन्त्रीको मतगणना जारी रहेको छ ।
आदिवासी जनजाति तर्फको सह–महामन्त्रीको ८९९ मत गनिसक्दा विकास लामाले ३५७ मत तथा भीष्मराज आङ्देम्बेले ५१८ मत प्राप्त गरेका छन् ।
लामा शेखर कोइराला प्यानलका हुन् भने आङ्देम्बे देउवा प्यानलका हुन् ।
त्यस्तै सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्यायले अग्रता लिएकी छन् । १५०४ मत गणना हुँदा उपाध्यायले ८०३ मत ल्याएकी छन् भने कमला पन्तले ६८३ मत पाएकी छन् ।
उपाध्याय शेरबहादुर देउवा प्यानलकी हुन भने पन्त शेखर कोइराला प्यानलकी हुन् ।