logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाडी र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते


अंकुरण खबर
2.015K
Shares

काठमाडौं – सुनसरीको कोशी गाउँपालिका-४ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार झापाको पृथ्वीनगर-४ का २९ वर्षीय दिपेश मुखिया रहेको प्रहरीले जनाएको छ ।

आज बिहान जिल्ला समन्वय समिति उदयपुरको स १ झ २६८ नम्बरको गाडी र को ३० प ५३०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका मुखियाको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।

सोही दुर्घटनामा मोटरसाइकल चालक झापाको दमक नगरपालिका-१० का ३० वर्षिय योगेश कुमार धिमाल भने गम्भीर घाइते भएका छन् । उनको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न गाडी सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।