रमेश सिलवालले सर्वोच्च अदालतको आदेशविपरित राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको पदभार सम्हाल्ने तयारी गरेका छन् ।
सिलवालले आजै राखेपा पुगेर पदभार ग्रहण गर्ने तयारी गरेका हुन् । तर सर्वोच्च अदालतले भने सिलवाललाई पदभार सम्हाल भन्ने आदेश नै नदिएको जिकिर गरेको छ ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले सिलवाललाई पदभार सम्हाल भन्ने कुनै आदेश नदिएको प्रष्ट पारे ।
‘सिलवाललाई हटाउने र टंकलाल घिसिङलाई नियुक्त गर्ने दुवै निर्णय यथास्थितिमा राख्नु भनेको हो । पुस १२ गते अन्तरिम आदेशका लागि छलफलमा दुवै पक्षलाई बोलाएकाले त्यतिबेलासम्म सदस्यसचिव पद रिक्त रहने छ’, प्रवक्ता दाहालले भने ।