logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सम्पर्कविहीन पाण्डे सामुदायिक वनमा मृत भेटिए


अंकुरण खबर
949
Shares

गुल्मी रेसुङ्गा नगरपालिका–५ मा रहेको सामुदायिक वनमा एक जना मृत भेटिएका छन् । सामुदायिक वनमा ४५ वर्षीय काशीराम पाण्डे मृत अवस्थामा भेटिएका हुन् ।

२५ दिनदेखि सम्पर्कविहीन पाण्डे आज बिहान फोक्सिनी सामुदायिक वनमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।