राजविराज कारागारका एक जना कैदी बन्दीको शुक्रवार मृत्यु भएको छ ।
पेट दुस्खे पछि उपचारका लागि अस्पताल भर्ना गर्ने क्रममै ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो ।
कारागारका जेलर सुमन कोइरालाले बिहान ८ बजेतिर पेट दुख्यो भनेप छि उपचारको लागि खतिवडालाई निजी क्लिनिकमा लगे पछि उनी क्लिनिकमै बेहोस भएको उनलाई तत्कालै गजेन्द्रनारायण सिंह अस्पतालको इर्मेजेन्सी वार्डमा भर्ना गराईको बताए ।
उपचारकै क्रममा उनको बिहान सवा ११ बजे मृत्यु भएको हो। उनको हर्ट एट्याकबाट मृत्यु भएको अस्पतालले जनाएको छ। सुनसरीको दुहबी – ४ का खतिवडा कागजात कीर्ते गरी ठगीसम्बन्धी मुद्दामा १७ साउन २०७५ देखि पुर्पक्षका लागि कारागारमा थिए ।