logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई केजी चाँदीसहित विमानस्थलबाट भुटानी नागरिक पक्राउ


अंकुरण खबर
754
Shares

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजी चाँदीसहित एक भुटानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गौरव दोर्जे रहेका छन् ।

विमानस्थलबाट ड्रुक एयरको उडानबाट भुटानतर्फ जान लागेका दोर्जेलाई अवैध रुपमा भन्सार छली लैजाने लागेको चाँदी सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट ९९९ लेखिएको विस्कुट आकारमा १४ वटा टुक्रामा रहेको उक्त परिमाणको चाँदी फेला परेको हो ।

पक्राउ भुटानी नागरिकलाई बरामद गरिएको चाँदी सहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।