logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखराको एक घरमा आगलागी


अंकुरण खबर
767
Shares

पोखरामा एक घर जलेर नष्ट भएको छ ।

पोखरा ५ मदनमार्गको घरमा आगलागी भएको हो ।

अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घर  बस्न नमिल्ने गरी जलेको छ ।

आगलागी पछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । क्षतिको थप विवरण आउन बाँकी छ ।