प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले २० वर्ष देखि पत्रकारितामा सक्रिय सानुबाबु तिमल्सिना, एक दशक भन्दा अधि देखि क्रियाशिल शंकर श्रेष्ठ र सरिता श्रेष्ठलाई प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।
प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ९ औँ जिल्ला अधिवेशनका अवसरमा आयोजति कार्यक्रममा यी ३ जना पत्रकारहरुलाई पुरस्कृत गरिएको हो ।
प्रेस चौतारी नेपाल धादिङको ९ औं जिल्ला अधिवेशनले सानुबाबु तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति पनि गठन गरेको छ ।
नवगठित कार्य समितिको उपाध्यक्षमा श्रीहजुर सिलवाल र पवित्रा थापामगर, सचिवमा दोलख गुरुङ, कोषाध्यक्षमा उपेन्द्र अधिकारी, सह सचिवमा भुवन भण्डारी र अनिल नेपाली निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा शसीहजुर सिलवाल, गोविन्द सुवेदी, वीरमान तामाङ, आदेश अधिकारी, रन्जना थापा, विनोद तमु, राजन शाह र नवराज लामिछाने निर्वाचित भएका छन्।